
काठमाडौं । हिरो इण्डियन वुमन लिगको डिफेन्डिङ च्याम्पियन समेत रहेको अनिता बस्नेतको टोली सेथु एफसीले लिगमा फेरि उत्कृष्ट पूनरागमन गरेको छ । आफ्नो दोस्रो खेलमा क्रिप्सासँग हार बेहोरेको सेथुले बिहीबार बीबीके डाव एफसीलाई ९–० को फराकिलो अन्तरले हरायो ।
सेथुको जितमा सन्ध्याले ह्याट्रिकसहित चार गोल गरिन् । त्यस्तै सुमित्रा र कार्तिकाले समान २–२ गोल गरे भने वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेकी कुन्ती कुमारीले थप एक गोल गरिन् । स्मरणीय छ, खेलमा कुन्ती कुमारी अनिता बस्नेत कै स्थानमा मैदान प्रवेश गरेकी थिईन् ।
FULL TIME! Karthika heads home another goal as she extends Sethu's lead to nine 🙌
— Indian Football Team (@IndianFootball) January 30, 2020
FT Score: STH 9⃣-0⃣ BBK#STHBBK ⚔️ #HeroIWL 🏆 #IndianFootball ⚽ #ShePower 👧🏻 pic.twitter.com/ydDJZZLUnw
यो जितपछि ३ खेलबाट ६ अंक जोडेको सेथु समूह ए तर्फ शिर्ष स्थानमा उक्लिएको । समान ६ अंक भए तापनि गोल भिन्नताका आधारमा क्रिप्सा दोस्रो स्थानमा छ । यद्यीप क्रिप्साले एक खेल कम खेलेको छ । उता पराजित बीबीके १ अंकका साथ समूह ए को पुछारमा छ ।