
झुरझुरे । रोमाञ्चक जितका साथ मकवानपुर–११ यहाँ जारी पाँचौं बागमती गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको क्वाटरफाइनल भिडन्ततर्फ मकवानपुरले विभागीय टोली नेपाल पुलिस क्लबमाथि २–१ को रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
फापरबारी स्थित जनता माविको खेलमैदानमा भएको खेलको छैठौं मिनट मै एलिस चौलागाईले फ्रिकिकमार्फत गोल गर्दै मकवानपुरलाई खेलमा अग्रता दिलाएका थिए । यद्यपि ४४औं मिनटमा रवि पासवानले पुलिसका लागि बराबरी गोल फर्काउन सफल भएका थिए ।
रोमाञ्चक बनेको खेलको ५६औं मिनटमा अनिष महर्जनले मकवानपुरका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए । निर्णायक गोलकर्ता महर्जन नै खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।
प्रतियोगिता अन्तरगत पौष २६ गते मंगलबारको खेल हिमालयन शेर्पा क्लब, काठमाडौं र त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।
बागमती गाउँपालिका खेलकुद विकास समिति, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल आउँदो माघ ३ गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा