
फापरबारी । सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब यहाँ जारी पा“चौ बागमती गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार सम्पन्न प्रिक्वाटरफाइनलतर्फ एपिएफले लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबमाथि शून्यका विरुद्ध १ गोलको साँघुरो जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गरेको हो ।
जनता माविको खेलमैदानमा भएको खेलको पहिलो हाफतर्फ १४औं मिनटमा मणि लामाले गरेको एक मात्र गोल एपिएफलाई जित दिलाउन निर्णायक बन्यो । खेलमा दुवैतर्फबाट थप गोलको प्रयास भए तापनि त्यो सम्भव भएन ।
निर्णायक गोलकर्ता मणि लामा नै म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत पौष २८ गते बिहीबारको क्वाटरफाइनल खेल हिमालयन शेर्पा क्लब र भुटनिज युथ स्पोर्टस क्लब, अमेरिकाबीच हुने आयोजकले जानकारी दियो ।
बागमती गाउँपालिका खेलकुद विकास समिति, झुरझुरे, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल आउँदो माघ ३ गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा