काठमाडौं (एजेन्सी) । इराकमा जारी प्रतिष्ठित २५औं गल्फ कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक इराक, साविक विजेता बहराईनसँगै कतार र ओमान प्रवेश गरेका छन् ।
समूह ए बाट इराक र ओमान तथा समूह बी बाट बहराईन र कतार अन्तिम चारमा प्रवेश गरेका हुन् । समूह ए तर्फको अन्तिम खेलहरुमा इराकले यमनमाथि ५–० को जित निकाल्दा ओमानले बलियो साउदी अरबलाई २–१ ले हरायो ।
समूह ए बाट समान ७–७ अंक जोडेका आयोजक इराक राम्रो गोल भिन्नताका आधारमा समूह विजेता बन्दा ओमान उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गर्न सफल भयो । ३ अंक जोडेको साउदी र अंकविहीन यमन क्रमशः तेस्रो स्थान र समूहको पुछारमा रहेर समूह चरणबाटै बाहिरिए ।
त्यस्तै समूह बी तर्फको अन्तिम खेलहरुमा बहराईनले कुवेतसँग र कतारले युएईसँग समान १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । अन्तिम खेलहरुको नतिजा पश्चात् ३ खेलबाट ७ अंक जोडेको बहराईन समूह विजेता बन्यो भने ४ अंक जोडेको कतार समूह उपविजेता बन्यो ।
समूह बी तर्फ कतारसँगै समान ४ अंक जोडे तापनि कुवेत गोलभिन्नताका आधारमा पछि पर्दै तेस्रो स्थानमा रहँदै समूह चरणबाटै बाहिरियो । समूह बी मा १ अंक मात्र जोडेको युएई पुछारमा रहेर समूह चरणबाट बाहिरियो ।
सेमिफाइनलतर्फ अब आयोजक इराकले कतारसँग खेल्नेछ भने बहराईनले ओमानको सामना गर्नेछ । दुवै खेलहरु सोमबार इराकी शहर बसरा स्थित बसरा इन्टरनेशनल स्टेडियममा हुनेछन् ।
फाइनल खेल भने जनवरी १९ तारीख (बिहीबार) का दिन हुनेछ । फाइनल पनि बसरा स्टेडियम मै हुनेछ ।
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक