
काठमाडौं । लामो समयको प्रतिक्षा र अन्यौलताका बीच बहु्रप्रतिक्षित शहिद स्मारक ए डिभिजन लिगको शुरुवाती पाँच चरणको खेलहरुको खेलतालिका शुक्रबार सार्वजनिक गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रमका बीच लिगको खेलतालिका सार्वजनिक गरेको हो ।
आउँदो फागुन १९ गतेदेखि शुरु हुन गईरहेको लिगको उद्घाटन खेलमा नव आगन्तुक टोली खुमलटार एफसी र फ्रेण्डस क्लब भिड्ने छन् । जुन खेल बेलुका ५ः३० बजेदेखि दशरथ रंगशालामा शुरु हुनेछ ।
यसपटक लिगका खेलहरु उपत्यकाका तीन फरक स्थानहरुमा हुनेछन् । जसमा दशरथ रंगशाला बाहेक एन्फा कम्प्लेक्स र च्यासल स्टेडियम रहेका छन् । केही वर्ष अघि मात्र निर्माण सम्पन्न भएको च्यासल स्टेडियमले पहिलोपटक लिगको खेलहरु आयोजना गर्न लागेको हो ।
त्यस्तै यसपटक डबल राउण्ड रोबिन लिगका आधारमा हुने लिगमा कुल १८२ खेलहरु हुनेछन् । एन्फाले लिगमा सहभागिता जनाउने क्लबहरुलाई पहिलो किस्ता बापतको तयारी खर्च रकम १५ लाख उपलब्ध गराईसकको छ ।
त्यसैगरी लिगमा दर्शकहरुका लागि टिकट दर पनि एन्फाले यसअघि नै तोकिसकेको छ । जसअन्तरगत सामान्यतर्फ १ सय टिकट दर तोकिएको छ भने भिआइपीतर्फ ३ सय टिकट दर तोकिएको एन्फाले जनाएको छ ।
हेर्नुहोस खेलतालिकाः