
काठमाडौं । यस सिजन गोकुलम केरला एफसीका लागि हिरो इण्डियन वुमन्स लिगमा खेलिरहेकी नेपालकी राष्ट्रिय फरवार्ड साबित्रा भण्डारीले आफ्नो शानदार गोलस्कोरिङलाई निरन्तर कायम राखेकी छिन् ।
त्यसक्रममा उनले शनिबार भएको ओडिसा पुलिस विरुद्ध समूह चरणको तेस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिकसहित पाँच गोल गरिन् । खेलमा गोकुलम ७–० ले विजयी भयो ।
Seventh heaven for @GokulamKeralaFC after big win against Odisha Police 💪
— Indian Football Team (@IndianFootball) February 1, 2020
Match report 👉 https://t.co/9Ow1HJmSSN#HeroIWL 🏆 #IndianFootball ⚽ #ShePower 👧 #GKLODI ⚔️ pic.twitter.com/Lf8YnNW7UP
गोकुलमका लागि साबित्राले ह्याट्रिकसहित पाँच गोल गरिन् । स्मरण रहोस, साबित्राले मंगलबार मात्र केंक्रे एफसी विरुद्ध गोकुलमले १०–१ को जित निकाल्दा पनि पाँच गोल गरेकी थिईन् ।
शनिबारको जितपछि समूह बी मा रहेको गोकुलम तीन खेलमा शतप्रतिशत जितका साथ ९ अंक जोड्दै शिर्ष स्थानमा छ । दोस्रो स्थानमा ६ अंक जोडेको केंक्रे रहेको छ भने उता पराजित ओडिसा पुलिस ३ अंकका साथ पाँचौं स्थानमा छ ।