News
किर्तिपुर प्याब्सन कपमा एसियाली, मेगस, न्यु होराईजन र पुष्पसदनको जित
काठमाडौं । ल्याबोरेटरी सेकेण्डरी स्कुल, किर्तिपुर, काठमाडौंको आयोजनामा जारी किर्तिपुर प्याब्सन कप अन्तर विद्यालय फुटबल प्रतियोगितामा सोमबार चार खेलहरु सम्पन्न भएका छन् ।
आयोजक स्कुलको खेलमैदानमा भएको खेलमा एसियाली तारापुञ्जले उज्जवल शिशुलाई शून्यका विरुद्ध ७ गोलको फराकिलो अन्तरले हरायो । अर्को खेलमा मेगस इङ्गलिस स्कुलले बागभैरव स्कुललाई ३–० ले निराश तुल्यायो ।
त्यसैगरी दिनकै तेस्रो खेलमा न्यु होराईजनले साउथ भ्यालीलाई २–१ ले हराउँदा पुष्पसदनले आयोजक ल्याबोरेटरी स्कुल (बी) लाई २–१ ले पराजित गर्यो । प्रतियोगिता अन्तरगत माघ १७ गते मंगलबार पनि तीन खेलहरु हुने प्रतियोगिता संयोजक महेन्द्र चिलुवालले जानकारी दिए ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै