News
ल्याबोरेटरी, ग्रीन भिलेज र न्यु होराईजनको जित
किर्तिपुर । ल्याबोरेटरी, ग्रीन भिलेज र न्यु होराईजन स्कुलले यहाँ जारी प्याब्सन कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितातर्फ आ–आफ्नो खेलहरुमा जित हात पारेका छन् ।
आयोजक ल्याबोरेटरी माविको खेलमैदानमा भएको खेलतर्फ ल्याबोरेटरीले मेगास इङ्गलिस स्कुललाई १०–० को फराकिलो अन्तरले हरायो भने ग्रीन भिलेजले पुष्प सुदनलाई २–१ ले निराश तुल्यायो ।
दिनको तेस्रो खेलमा न्यु होराईजनले पञ्चरत्न स्कुलमाथि ४–० को जित निकाल्यो । प्रतियोगिता अन्तरगत माघ १८ गते बुधबार सेमिफाइनल खेलहरु हुने प्रतियोगिता संयोजक महेन्द्र चिलुवालले जानकारी दिए ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै