News
दुधौली मेयर कपः वार्ड नम्बर ४ क्वाटरफाइनलमा
बोक्से । रोमाञ्चक जितका साथ वार्ड नम्बर ४ यहाँ जारी दुधौली मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बहुमुखी क्याम्पसको खेलमैदानमा सम्पन्न खेलमा वार्ड नम्बर ४ का लागि सुजित अधिकारी र सञ्जिव धामीले गोल गरे । उता पराजित वार्ड नम्बर १० का लागि मिलन राईले एक मात्र गोल गरे । खेलमा वार्ड नम्बर ४ का सञ्जिव धामी म्यान अफ द म्याच घोषित भए ।
दुधौली नगरपालिका, सिन्धुलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । कुल १४ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने माघ २३ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ वार्ड नम्बर ३ र महिलातर्फ वार्ड नम्बर ४ लाई उपाधि
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः वार्ड नम्बर ७ र वार्ड नम्बर ३ फाइनलमा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः महिलातर्फको फाइनल र पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः पुरुषतर्फ तीन र महिलातर्फ एक क्वाटरफाइनल खेल सम्पन्न
- छैठौं मरिण गाउँपालिका अध्यक्ष कपः शुक्रबार चार खेलहरु सम्पन्न