
खाम्लालुङ । गजेन्द्र इस्वो स्मृति रनिङ कप फुटबल प्रतियोगिताको पुरुषतर्फ आठराई गाउँपालिका तथा महिलातर्फ मुनाल युथ क्लब, फेदाप, जलजलेले उपाधि जित्न सफल भएको छ ।
आठराई गाउँपालिका–२ स्थित कालिका माविको खेलमैदानमा भएको पुरुष फुटबलतर्फको फाइनलमा आठराई गाउँपालिकाले निघुरादिन स्र्पोटिङ्ग क्लबलाई सडन डेथमा ४–३ ले हराउँदै उपाधि चुम्न सफल भएको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
टाईब्रेकरमा पनि नतिजा निस्किन नसक्दा खेल सडन डेथतर्फ धकेलिएको थियो । जसमा आठराई गाउँपालिकाले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।
विजेता बनेको आठराईले उपाधिसहित १ लाख ५० हजार हात पार्यो भने उपविजेता निघुरादिनले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
महिलातर्फ मुनाल च्याम्पियन
सोही मैदानमा भएको महिला फुटबलतर्फको फाइनलमा भने मुनाल युथ क्लबले शिवसताक्षी नगरपालिकालाई टाईब्रेकरमा ३–२ ले हराउँदै विजेता बन्यो ।
त्यसअघि दुवै टोलीले निर्धारित समयको खेल १–१ गोलको बराबरी खेलेका थिए । खेलको १८औं मिनटमा अविना राईको गोलबाट अग्रता बनाएको शिवसताक्षीले त्यसलाई जोगाउन नसक्दा अन्ततः पराजित हुन पुग्यो । उता मुनाका लागि सबिता लिम्बुले बराबरी गोल फर्काएकी थिईन् ।
आठराई गाउँपालिका तथा वार्ड नम्बर २ को कार्यालयको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिलातर्फ विजेता बनेको मुनालले उपाधिसहित नगद ६० हजार हात पार्यो भने उपविजेता शिवसताक्षीले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
- मदन मेलाको उपाधिःपुरूष तर्फ सोधुङ सेन्दाङ र महिला तर्फ म्याङलुङ स्पोर्टिङलाई
- उपाधिका लागि सोधुङ सेन्दाङ र आठराई गाउँपालिका भिड्ने
- आठराई मदनमेलाको पुरूष तथा महिला फुटबलको सेमिफाईनल समिकरण पूरा
- तमु ह्योल छोजधी र फेदाप गाउँपालिका मदन मेलाको सेमिफाइनल प्रवेश
- मदनमेलाको दोस्रो दिन पुरूष तर्फ प्रि क्वाटर फाइनलका पॉच खेल सम्पन्न