हेटौडा । यही माघ २८ देखि फागुन ११ गतेस्म्म हुने स्थानीय तह शहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपको पाँचौं संस्करणको तयारी पूरा भएको आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।
हेटौडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगिताको खेलतालिका समेत आयोजकले सार्वजनिक गरेको छ । जसअन्तरगत माघ २८ गते हुने प्रतियोगिताको उद्घाटन खेलमा नव जनजागृति युवा क्लब, सिमरा, बारा र रिगल रिसोर्ट हेटौडा मकवानपुर–११ बीच हुनेछ ।
प्रतियोगिताको मैदान व्यवस्थापन लगायत आवश्यक भौतिक पूर्वाधारका कामहरु पनि सबै सम्पन्न भईसकेको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिए । ए डिभिजन क्लब, मोफसलका टोली र एक विदेशी गरी कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार तथा विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुले जनही २५–२५ हजारसहित ट्रफी हात पार्नेछ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान