News
सुनसरी जिल्लास्तरीय सी डिभिजन फुटबल प्रतियोगिता फागुन १४ देखि (खेलतालिकासहित)

दुहबी । सुनसरी जिल्ला फुटबल संघको आयोजनामा यही फागुन १४ देखि १९ गतेसम्म जिल्लास्तरीय सी डिभिजन फुटबल प्रतियोगिता शुरु हुने भएको छ । प्रतियोगिताको आवश्यक तयारी पनि पूरा भईसकेको संघले जनाएको छ ।
प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । फागुन १४ गते हुने उद्घाटन खेलमा फेयर फुटबल क्लब, धरान र फोकस १६ क्लब, धरान भिड्ने छन् ।
दुहबी स्थित सरस्वती माविको खेलमैदानमा हुने प्रतियोगितामा कुल ८ टोलीहरु सहभागि छन् । जसमध्ये एक टोली जिल्लास्तरीय बी डिभिजनमा बढुवा हुनेछ ।
Post Comments