
भक्तपुर । भक्तपुर युवा टीमको आयोजनामा भइरहेको दोस्रो भक्तपुर कप–२०७९ खुला फुटबल प्रतियोगिताको फाइनल खेल द चरणमा द हिलिङ होम एफसी र केदारनाथ सुटर्स फाइनलमा प्रवेश गर्न सफल भएको छ ।
विहीबार भएको भक्तपुर युवा टीम र द हिलिङ होम एफसीबीचको पहिलो खेलमा खेलको निर्धारित समयमा दुवै टीमबाट ३–३ गोलको बराबरी नतिजा भएको थियो । दुवै टीमबीच भएको पेनाल्टी सुट आउटमा द हिलिङ होम एफसीले भक्तपुर युवा टीमलाई २–४ गोलले पाराजित गरी द हिलिङ होम एफसी फाइनल प्रवेश गरेको हो ।
खेलबाट भक्तपुर युवा टीमका जर्सी नम्बर ४ का जान लिम्बु उदयीमान खेलाडी घोषित भए भने जर्सी नम्बर ७ का अमित लामा उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
त्यस्तै विहीबार नै भएको दोस्रो सेमिफाइनल खेलबाट केदारनाथ सुटर्स फाइनल चरणमा प्रवेश गर्न सफल भएको छ । केदारनाथ सुटर्स र गोदावरी युनाइटेड एफसीलाई ३–१ गोलले पराजित गरी केदारनाथ सुटर्स फाइनलमा प्रवेश गरेको हो । खेलबाट केदारनाथ सुटर्सका जर्सी नं. ४ का सतिस सुवाल उत्कृष्ट खेलाडी र गोदावरी युनाइटेड एफसीका जर्सी नं. ८ का सम्राट लिम्बु उदयीमान घोषित भएका थिए ।
२०७९ फागुन ५ गतेदेखि सुरू भएको प्रतियोगिताको फाइनल, पुरस्कार वितरण तथा समापन समारोह नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेंको प्रमुख आतिथ्यमा फागुन १३ गते शनिबार हुने जानकारी आयोजक टीमका अध्यक्ष केशब त्वानाबासूले दिनुभयो ।
प्रतियोगिताको विजेताले नगद एक लाख पच्चीस हजारसंगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद साठी हजारसंगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यसका साथै प्रतियोगिताबाट अनुशासित टीम र उत्कृष्ट खेलाडीलाई नगद दश हजार र ट्रफी प्राप्त गर्नेछ । प्रतियोगितका उत्कृष्ट मिडफेण्डर, डिफेण्डर, गोलकिपर, कोच र प्रतियोगिताको उदयीमान खेलाडीलाई नगद पाँच हजार र ट्रफी प्राप्त गर्नेछ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय