News फराकिलो जितका साथ शिर्ष स्थानमा उक्लियो किरनको टोली पञ्जाब
गोलनेपाल

काठमाडौं । आई लिगतर्फ आइतबार किरन चेम्जोङको टोली राउण्डग्लास पञ्जाब एफसीले फराकिलो जित निकाल्दै शिर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान ताउ देवी लाल फुटबल स्टेडियममा भएको खेलमा पञ्जाबले पुछारतिर संघर्ष गरिरहेको सुदेवा दिल्लीमाथि ८–० को फराकिलो जित निकाल्यो ।

पञ्जाबका लागि जुआन मेराले ह्याट्रिक गरे भने लुका माजसेनले दुई गोल गरे । त्यस्तै टेक्चम अभिषेक सिंह, जुआन कार्लोस नेलार र महेसन सिंहले समान एक–एक गोल गरे ।

यो जितसँगै १९ खेलबाट ४३ अंक जोडेको पञ्जाब शिर्ष स्थानमा तीन अंकको स्पष्ट अग्रता बनाउन सफल भएको छ । दोस्रो स्थानमा रहेको श्रीनिदी डेक्कनको १९ खेलबाट ४० अंक छ । त्यस्तै पञ्जाबसँग पराजित सुदेवा दिल्ली भने १२ अंकका साथ पुछारमा छ ।

उो जितसँगै उपाधि होडमा आफ्नो दावेदारीता पञ्जाबले बलियो बनाएको छ । पञ्जाबले आफ्नो आगामी खेल बुधबार चर्चिल ब्रदर्शसँग खेल्नेछ ।

Post Comments