News
मनाङमा आवद्ध भए भारतीय फरवार्ड यश

काठमाडौं । सातपल्टको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले भारतीय फरवार्ड यश महत्रेलाई शहिद स्मारक ए डिभिजन लिगको नयाँ सिजनका लागि अनुवन्ध गरेको छ ।
यशलाई अनुवन्ध गरेको कुरा मनाङले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी समेत गराएको छ । उनलाई दक्षिण एसियाली कोटामा अनुवन्ध गरिएको हो ।
हाल यश आई लिग क्लब मुम्बई केन्क्रे एफसीमा आवद्ध छन् । स्मरण रहोस, केन्क्रे मै नेपालका चर्चित फरवार्ड अन्जन विष्ट पनि आवद्ध छन् ।
आई लिगको समापन लगतै यश मनाङमा आवद्ध हुने क्लबले जानकारी दियो ।
Post Comments