फुङलिङ , ‘फुङलिङ नगरपालिकाको चाहना, राष्ट्रिय खेलाडी उत्पादन र सुन्दर नगरको स्थापना’ भन्ने नाराका साथ यही फागुन २१ देखि २४ गतेसम्म प्रथम अन्तरपालिका स्तरीय उपमेयर रनिङ्ग कप महिला फुटबल प्रतियोगिता शुरु हुने भएको छ ।
फुङलिङ खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि पूरा भईसकेको आयोजकले जानकारी दियो । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ५५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक क्षितिज सुनुवारले जानकारी दिए ।
जिल्ला फुटबल संघ, ताप्लेजुङको प्राविधिक सहयोग रहने प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि जनही ९–९ हजारका दरले प्रोत्साहन स्वरुप पुरस्कारको व्यवस्था गरिएको पनि संयोजक सुनुवारले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उत्कृष्ट हुनेहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई