झापाको बिर्तामोडमा जारी दोस्रो जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा अर्जुनधाराको युथ अफ खुदुनाबारी फाइनलमा प्रवेश गरेको छ ।
आयोजकलाई पहिलो सेमिफाइनलमा रोक्दै खुदुनाबारीले फाइनल यात्रा तय गरेको हो ।
खुदुनाबारीका लागि राजेश दाहालले प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गरे भने विशाल खवासले थप २ गोल गर्न सफल भए । कडा प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता खुदुनाबारीले लिएको थियो । खेलको २८औँ मिनेटमा राजेश दाहालले गोल गरेर टोलीलाई हौसला प्रदान गरेका थिए । उनैले ५४औँ र ६४औँ मिनेटमा थप गोल गरेर ह्याट्रिक पूरा गरेका थिए ।
यसअघि खुदुनाबारीकै विशाल खवासले खेलको ६३औँ मिनेटमा गोल गर्दै टालीको नतिजा ३-० गोलको अग्रता पनि दिलाएका थिए । विशालको गोलको १ मिनेटपछि पुनः राजेशले गोल गर्दै प्रतियोगिताको पहिलो ह्याट्रिक गरेका हुन् । यस्तै, एकोहोरो दबाब सिर्जना गरिरहेको खुदुनाबारीलाई आयोजकले खेलको अन्तिम समय दबाब दियो । तर, खुदुनाबारीकै लागि विशाल खवासले खेलको ७१औँ मिनेटमा गोल गर्दै ५-० को स्थितिमा पुर्याएका हुन् । फोर्थ अफिसियलबाट अन्तिम समयमा ४ मिनेटको इन्जुरी समय थप गरिएपछि खेल सकिन १ मिनेट बाँकी रहँदा आयोजक बुट्टबारीका लागि विवेक राईले सान्त्वना गोल फर्काएका थिए ।
खेलको म्यान अफ दी म्याच प्रतियोगिताकै पहिलो ह्याट्रिककर्ता खुदुनाबारीका राजेश दाहाल घोषित भए । उनलाई झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले नगद २ हजार प्रदान गरे । भोलि (बिहीबार) साविक विजेता बिर्तामोड युनाइटेड एफसी र कचनकवलको बगान युथ क्लबबीच अन्तिम सेमिफाइनल खेल हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११ र उपविजेताले नगद ५५ हजार ५५५ सहित ट्रफी पाउनेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा