News
मुख्य प्रशिक्षक भिन्सेन्जोको पारिश्रमिकका लागि दक्षिण कोरिया एफएले आर्थिक सहयोग गर्ने
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका नवनियुक्ति इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको पारिश्रमिक खर्चका लागि दक्षिण कोरिया फुटबल एसोसिएसन (केएफए) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आर्थिक सहयोग गर्ने भएको छ ।
यसबारे रुवाण्डाको किगालीमा भएको ७३औं फिफा कँग्रेसमा एन्फा र केएफएबीच सम्झौता समेत भएको छ । सम्झौतामा एन्फाका महासचिव किरन राई र केएफएका महासचिव हानजिन चुनले हस्ताक्षरण गरी आदानप्रदान गरे ।
स्मरण रहोस, एन्फाले भिन्सेन्जोलाई यसै महिना राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । भिन्सैन्जो कै प्रशिक्षकीय जिम्मेवारीमा नेपालले यही चैत ८ गतेदेखि शुरु हुने प्रधानमन्त्री थ्री नेशन्स कपमा सहभागिता जनाउँदैछ । जसमा नेपालसँगै भुटान र लाओसले प्रतिस्पर्धा गर्नेछन् ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”