News
मुख्य प्रशिक्षक भिन्सेन्जोको पारिश्रमिकका लागि दक्षिण कोरिया एफएले आर्थिक सहयोग गर्ने
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका नवनियुक्ति इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको पारिश्रमिक खर्चका लागि दक्षिण कोरिया फुटबल एसोसिएसन (केएफए) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आर्थिक सहयोग गर्ने भएको छ ।
यसबारे रुवाण्डाको किगालीमा भएको ७३औं फिफा कँग्रेसमा एन्फा र केएफएबीच सम्झौता समेत भएको छ । सम्झौतामा एन्फाका महासचिव किरन राई र केएफएका महासचिव हानजिन चुनले हस्ताक्षरण गरी आदानप्रदान गरे ।
स्मरण रहोस, एन्फाले भिन्सेन्जोलाई यसै महिना राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । भिन्सैन्जो कै प्रशिक्षकीय जिम्मेवारीमा नेपालले यही चैत ८ गतेदेखि शुरु हुने प्रधानमन्त्री थ्री नेशन्स कपमा सहभागिता जनाउँदैछ । जसमा नेपालसँगै भुटान र लाओसले प्रतिस्पर्धा गर्नेछन् ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान