काठमाडौं । पहिलो सहभागिता मै साफ यु–१७ महिला च्याम्पियनसिपको उपाधि पाहुना टोली रसियाले जितेको छ । प्रतियोगिताभरि शतप्रशित जितका साथ कुल १२ अंक जोडेको रसिया अपराजित रहेर च्याम्पियन बनेको हो ।
मंगलबार निर्णायक मानिएको खेलमा रसियाले भारतलाई २–० ले हरायो । रसियाले खेलेको चार खेलहरु मध्ये नेपाल र बंगलादेश विरुद्ध समान ३–० को जित निकालेको थियो भने भुटानलाई ९–१ ले हराएको थियो ।
दोस्रो स्थानमा ४ खेलबाट २ जित, एक बराबरी र एक हारका साथ ७ अंक जोडेको आयोजक बंगलादेश रह्यो । त्यस्तै चार खेलमा दुई जित र दुई हार बेहोरेको भारत ६ अंकका साथ तेस्रो बन्यो ।
मंगलबार बंगलादेशलाई १–१ को बराबरीमा रोकेको नेपालले ४ खेलबाट ४ अंक जोड्दै चौथो स्थानमा रहेर प्रतियोगिता समापन गर्यो । नेपालले उद्घाटन खेलमै भारतसँग ४–१ को होर बेहोरेको थियो भने दोस्रो खेलमा भुटानलाई ५–० ले हराएको थियो । त्यस्तै तेस्रो खेलमा रसियासँग ३–० ले पराजित भएको थियो ।
त्यसैगरी प्रतियोगिताभरि एउटै खेल जित्न नसकेको भुटान अंकविहीन रुपमा पुछारमा रहेर प्रतियोगिताको समापन गर्न बाध्य बन्यो ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल