News
देवदह ब्वाईज कप खुला फुटसल हुँदै
बुटवल । देवदह ब्वाईज, ढेकावर, रुपन्देहीको आयोजनामा यही चैत २४ र २५ गतेका दिन देवदह ब्वाईज कप खुला फुटसल प्रतियोगिता हुने भएको छ । मुर्गिया, सैनामैना स्थित कृपा फुटसल एण्ड फिटनेसमा आयोजना हुने दुई प्रतियोगिताको आवश्यक तयारी अन्तिम चारण्मा रहेको खेल संयोजक बिजु गुरुङ्गले बताए ।
प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक टोलीहरुका लागि टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५ हजार तोकिएको पनि संयोजक गुरुङ्गले जानकारी दिए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पनि आयोजकले जानकारी दियो । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने