बुटवल । गुड मर्निङ्ग एफसी, बुटवल, रुपन्देहीको आयोजनामा मिति २०८० वैशान ३ गतेदेखि प्रथम माउण्ट स्टार सेभेन ए साईड खुला फुटबल प्रतियोगिता हुने भएको छ । बुटवल–११ स्थित नहरपुर माविको खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारीसँगै टिमदर्ता पनि खुला गरिएको प्रचार प्रसार संयोजक प्रकाश मगरले जानकारी दिए ।
इच्छुक क्लबहरुले टिमदर्ता बैशाख १ गतेसम्म गर्न सकिने प्रतियोगिता संयोजक बिनोद गौतम क्षेत्रीले बताए । त्यस्तै टिमदर्ता शुल्क ३५ सय तोकिएको पनि संयोजक क्षेत्रीले जानकारी दिए । माउण्ट स्टार युथ क्लब, बुटवल, रुपन्देहीको विशेष सहयोग रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित नगद पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक बिनोद गौतम क्षेत्रीले जानकारी दिए । साथै प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सम्बन्धित सबैलाई आह्वान समेत गरे ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने