बिर्तामोड । प्रभावशाली जित हात पार्दै नमो बुद्ध युवा क्लब, सप्तरी यहाँ जारी प्रथम प्रदेशस्तरीय महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।
सोमबार भएको तेस्रो क्वाटरफाइनलमा नमो बुद्धले ताप्लेजुङ फुटबल क्लबलाई ५–३ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । महेन्द्र ज्योति माविको खेलमैदानमा भएको खेलमा नमो बुद्धको जितमा रजनी थोकर र संगीता सुनारले दुई–दुई गोल गरिन् । थप एक गोल भने इशा मगरले गरेकी थिईन् ।
उता पराजित ताप्लेजुङका लागि कप्तान सुजाता पालुङवाले दुई गोल गरिन् भने थप एक गोल संगीता गुरुङले गरेकी थिईन् । गुरुङले ताप्लेजुङका लागि पेनाल्टीबाट गोल गरेकी थिईन् । खेलमा नमो बुद्धकी रजनी थोकर प्लेयर अफ द म्याच घोषित भईन् । उनले त्यसवापत नगद ३ हजार र ट्रफी हात पारिन् ।
प्रतियोगिता अन्तरगत बैशाख १२ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल गाइघाट फुटबल क्लब, उदयपुर र धनकुटा जिल्ला फुटबल संघबीच हुने आयोजकले जानकारी दियो ।
अल इन वान क्लब, बिर्तामोडको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ । झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको प्रतियोगिताको फाइनल खेल यही बैशाख १६ गतेका दिन हुनेछ ।
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक