काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा इन्टरनेशनल ब्रेकमा फिलिपिन्ससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने भएको छ । यसबारे अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राईले पनि पुष्टी गरेका छन् ।
“मैत्रीपूर्ण म्याचबारे कुरा चल्दैछ । लगभग तय पनि भईसक्यो ।’ महासचिव राईले बताए । उनका अनुसार फिलिपिन्ससँगको मैत्रीपूर्ण म्याचबारे तय भईसके तापनि खेल मिति र स्थलबारे आधिकारिक रुपमा टुंगो नलागेको बताए । साथै यो मैत्रीपूर्ण म्याचबारे आधिकारिक रुपमा छिटै जानकारी गराउने पनि बताए ।
फिफा वरियताको १३६औं स्थानमा रहेको फिलिपिन्स र १७४औं स्थानमा नेपाल समग्र कुल ६ पटक आमने सामने भएका छन् । जसमध्ये नेपालले एक जित, एक बराबरी र चार हारको सामनो गरेको छ । नेपालले अन्तिमपटक सन् २०१७ को नोभेम्बरमा एसियन कप छनौटतर्फ फिलिपिन्ससँग खेलेको थियो । सो खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै