धनकुटा । रारा फुटबल क्लब, धनकुटाको आयोजनामा यही बैशाख २२ देखि २८ गतेसम्म हुन गईरहेको अग्नी–बसुन्धरा स्मृति १०औं टुबोर्ग रारा गोल्डकप नकआउट फुटबल प्रतियोगितालाई राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरन चेम्जोङको पनि साथ रहने भएको छ ।
आफ्नो गृहनगर समेत रहेको धनकुटाका किरनले रारा गोल्डकप सफलताका साथ सम्पन्न गर्न आफ्नी आमा हर्कमाया राईको हातबाट आयोजक क्लबलाई ३०,३३३ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । साथै प्रतियोगितामा किरनको पनि उपस्थिति रहने आयोजक रारा फुटबल क्लबले जनाएको छ ।
राजारानी फुटबल मैदानमा हुने प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाउने तय भईसकेको छ । जसमा आयोजक रारा फुटबल क्लब, राजारानी, बिर्तामोड युनाइटेड एफसी, झापा, गाईघाट फुटबल क्लब, उदयपुर, डाँगीहाट युथ क्लब, मोरङ, सलहेश युथ क्लब, सिरहा, पथरी फुटबल क्लब, मोरङ, डाँडाबजार एफसी, धनकुटा र तालतलैया एकेडेमी, सुनसरी रहेका छन् ।
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा