बिर्तामोड । झिनो अन्तरको जितका साथ गाईघाट फुटबल क्लब, उदयपुर यहाँ जारी प्रथम प्रदेशस्तरीय महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने अन्तिम टोली बनेको छ ।
महेन्द्र ज्योति माविको खेलमैदानमा मंगलबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा गाईघाटले धनकुटा फुटबल संघलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भयो ।
गाईघाटको जितमा मनिता तामाङले गरेको एक मात्र गोल निर्णायक बन्यो । निर्णायक गोलकर्ता मनिता नै खेलको प्लेयर अफ द म्याच घोषित भईन । उनले पुरस्कार वापत नगद ३ हजार हात पारिन् ।
गाईघाटले अब १४ गते हुने दोस्रो सेमिफाइनलमा नमो बुद्ध युवा क्लब, सप्तरीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तरगत बैशाख १३ गते बुधबारको पहिलो सेमिफाइनल खेल अल इन वान क्लब, झापा र मिक्लाजुङ गाउँपालिका, मोरङबीच हुनेछ ।
यही बैशाख १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ ।
(तस्विर सांभारः खबरखेती)
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक