News
अग्नी बसुन्धरा स्मृति १०औं गोर्खा रारा गोल्डकपको तयारी पूरा (खेलतोलिकासहित)
राजारानी । रारा फुटबल क्लब, राजारानी धनकुटाको आयोजनामा यही बैशाख २२ देखि शुरु हुन गईरहेको अग्नी बसुन्धरा स्मृति १०औं गोर्खा रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । साथै आयोजकले प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरेको छ ।
राजारानी खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा डाँगीहाट युथ क्लब, मोरङ र तालतलैया एकेडेमी, सुनसरी भिड्ने छन् । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही बैशाख २८ गतेका दिन हुनेछ ।
चौबिसे गाउँपालिका संरक्षक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा