काठमाडौं । इण्डियन वुमन्स लिगतको समूह बी तर्फ उत्कृष्ट लयमा देखिएको अन्जिला तूम्बापो सुब्बाको टोली सेथु एफसीले लगातार चौथो जित हात पारेको छ । चौथो जित हात पार्ने क्रममा सेथुले शुक्रबार इष्टर्न स्र्पोटिङ युनियन माथि ३–० को जित निकाल्यो ।
यो नतिजापछि ४ खेलबाट १२ अंक जोडेको सेथु शिर्ष स्थानमा यथावत छ । शुक्रबार नै चर्चिल ब्रदर्शमाथि १०–० को फराकिलो जित निकालेको ओडिसा एफसी ९ अंकका साथ दोस्रो स्थानमा छ ।
त्यस्तै सरु लिम्बुको टोली किकस्टार्ट एफसीले आफ्नो चौथो खेलमा अनिता बस्नेतको टोली लर्डस एफएमाथि ४–१ को जित निकाल्यो । किकस्टार्टको जितमा सरु लिम्बुले पनि गोल गरेकी थिईन् । यो जितपछि ९ अंक जोडेको किकस्टार्ट समूह बीको तेस्रो स्थानमा छ । पराजित लर्डस एफए ३ अंकका साथ छैठौं स्थानमा छ ।
शुक्रबार नै भएको समूह बी तर्फको अर्को खेलमा सेन्ट्रल रिजर्भ पुलिस र सेल्टिक क्वीन्स एफसीले २–२ गोलको बराबरी खेल्दै अँक बाँडे । यो नतिजापछि सेन्ट्रल रिजर्भ पुलिस फोर्स ७ अंकका साथ चौथो स्थानमा छ भने सेल्टिक क्वीन्स १ अंकका साथ सातौं स्थानमा छ ।
लिगमा सहभागि कुल १६ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष चार टोलीहरु क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।
- तुम्बेवामा फुटबलको उत्सव : पुरुषतर्फ फक्ताङलुङ र महिलातर्फ मौवा च्याम्पियन
- तुम्बेवामा फुटबलको महाकुम्भ : पुरुषतर्फ सुम्निमा पारूहाङ र फक्ताङलुङ उपाधि भिडन्तमा, महिलातर्फ मौवा र हाङ्गुम फाइनलमा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपको सेमिफाईनल समिकरण पूरा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
- पॅाचथरको तुम्बेवामा अध्यक्ष कपको रौनक : आयोजक पहेलोको विजयी सुरूवात