
काठमाडौं । एएफसी यु–२० महिला एसियन कपको दोस्रो चरणको छनौट प्रतियोगिता खेल्न म्यानमार जाने नेपाली यु–२० फुटबल टोलीको विदाई गरिएको छ । आइतबार एन्फा कम्प्लेक्समा एक कार्यक्रमको आयोजना गरी नेपाली टोलीको विदाई गरिएको हो ।
टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ, प्रवक्ता सुरेश साह, महिला सदस्यद्वय सरिा श्रेष्ठ मलेकु, पेमा गोल्डा लामा लगायतले शुभकामनासहित विदाई गरेका थिए ।
दोस्रो चरणको छनोट प्रतियोगिता अन्तरगत समूह बी मा रहेको नेपालले आयोजक म्यानमारसँगै चीन र चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले आफ्नो पहिलो खेल ६ जुनका दिन म्यानमारसँग खेल्नेछ भने ८ जुनका दिन चीन र १० जुनका दिन चाइनिज ताईपेइसँग खेल्नेछ ।
त्यस्तै समूह ए तर्फ अष्ट्रेलिया, भियतनाम, लेबनान र इरान रहेका छन् । समूह ए का खेलहरु भियतनाममा हुनेछन् । प्रत्येक समूहको शिर्ष दुई टोली अर्को वर्ष उज्वेकिस्तानमा हुने एएफसी यु–२० महिला एसियन कपका लागि छनौट हुनेछन् ।
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)