मेचीनगर १० स्थित धुलाबारीमा स्व. प्रविाण ग्वाल स्मृति फुटबल प्रतियोगिता सुरु भएको छ ।
आइतबार (आज) भएको खेलबाट डिएफसी बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । स्पर्धी बिर्तामोडको फोगुन युनाइटेडलाई ४-१ गोलअन्तरले पराजित गर्दै बाहुनडाँगी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको १०औँ मिनेटमै बिर्तामोडका लागि प्रदिप बुढाथोकीले गोलको खाता खोलेका थिए । तर, बिर्तामोड अग्रता भने जोगाउन सकेन । बाहुनडाँगीका लागि पुजन चेम्जोङले खेलको २२औँ मिनेटमा खेललाई बराबरीमा ल्याएका थिए । उनले खेल अवधिमा ह्याट्रिक पूरा गरे ।
१-० गोलको स्थितिमा कमब्याक गरेको बाहुनडाँगीका लागि पुजनले ३१औँ र ४९औँ मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । यसैगरी, बाहुनडाँगीकै लागि छिरिङ तामाङले खेलको ५५औँ मिनेटमा गोल गरेर ४-१ गोलअन्तर निकाले । खेलको म्यान अफ दी म्याच पहिलो ह्याट्रिककर्ता पुजन चेम्जोङ बने । उनलाई एक हजार नगद पुरस्कार दिइयो ।
स्थानीय इष्ट होराइजन स्कुलको कक्षा ९ मा अध्ययनरत विद्यार्थी तथा खेलाडी स्व. ग्वालको स्मृतिमा लायन एफसी धुलाबारीले प्रतियोगिता आयोजना गरेको हो । आयोजकका अध्यक्ष डिके धिमालका अनुसार प्रतियोगितामा ८ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसँगै ट्रफी पाउने छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्ड, स्ट्राइकर र उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । खेलको उद्घाटन खेल शनिबार नै भए पनि खेल सकिएपछि विवाद आएपछि भोलि (सोमबार) खेल हुने आयोजकले जनाएको छ ।
उद्घाटन खेलमा आयोजक लायन एफसी र गोल्डेन एफसीबीच हुनेछ । यसैगरी, दोस्रो खेल इष्ट होराइजन र चारपाने एफसीबीच हुने आयोजकले जनाएको छ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा