
काठमाडौं । म्यानमारमा शुरु एएफसी यु–२० महिला एसियन कप छनौटको दोस्रो चरणतर्फ समूह बी मा रहेको नेपालले मंगलबार आफ्नो पहिलो खेलमा निराशाजनक हार बेहोरेको छ ।
यांगोन शहरको थुवुन्ना स्टेडियममा भएको समूह बी तर्फको दोस्रो खेलमा नेपालले आयोजक म्यानमारसँग शून्यका विरुद्ध ५ गोलको फराकिलो हार बेहोरेको हो । खेल अवधिभर नेपाली टोलीले गोलको प्रयास गरे तापनि तुलनात्मक रुपमा घरेलु टोली विरुद्ध नेपाल कमजोर साबित भयो ।
त्यस्तै समूह बी तर्फ कै पहिलो खेलमा चीनले चाईनिज ताईपेई विरुद्ध १–० को जित निकाल्दै विजयी शुरुवात गर्यो । नेपालले आफ्नो दोस्रो खेल बिहीबार चीनसँग खेल्ने कार्यक्रम छ । त्यस्तै सोही दिन म्यानमारले चाईनिज ताईपेईको सामना गर्नेछ ।
समूहको शिर्ष दुई टोली एएफसी यु–२० महिला एसियन कपका लागि छनौट हुनेछन् । समूह ए बाट भने अष्ट्रेलिया र भियतनामले अर्को वर्ष उज्वेकिस्तानमा हुने एएफसी यु–२० महिला एसियन कपमा स्थान सुरक्षित गरिसकेका छन् ।
(फाईल तस्विर)