काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एक कार्यक्रमको आयोजना गरि राष्ट्रिय पुरुष फुटबल टोलीको विदाई गरेको छ । नेपाली टोली सोमबार नै फिलिपिन्सको मनिलातर्फ प्रस्थान गर्दैछ । त्यहाँ नेपालले घरेलु टोली फिलिपिन्ससँग जुन १५ तारीखका दिन अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्नेछ । त्यसलगतै नेपाली टोली प्रतिष्ठित १४औं साफ च्याम्पियनसिपका लागि भारततर्फ प्रस्थान गर्नेछ ।
साफ च्याम्पियनसिपमा गत संस्करणको उपविजेता नेपाल यसपटक दावेदारीता पेश गर्न पनि असमर्थ हुने देखिएको छ । लिग अवधिभर खेलाडीहरुलाई राष्ट्रिय टोलीका लागि फुकुवा नगर्ने ए डिभिजन क्लबहरुको विरोधसँगैको अडान, केही महत्वपूर्ण खेलाडीहरुको विदेश पलायन र आन्तरिक समस्या कै कारण पनि नेपाली फुटबल टोलीको यसपटकको साफ लक्ष्यविहीन देखिएको छ ।
शनिबार लिग सकिनु र आइतबार एक दिन मात्र प्रशिक्षण गर्नु नेपाली टोलीका लागि यसलाई साफको तयारी भन्नु पर्याप्त हुने छैन । भलै केही महिना खेलाडीहरु लिगमा व्यस्त रहे तापनि राष्ट्रिय टोलीका अधिकांश अनुभवी र नियमित खेलाडीहरु विदेश पलायनले यसपटक नेपालको साफको यात्रा समूह चरणमै थप कठिन हुने निश्चित देखिएको छ ।
२१ जुनदेखि भारतको बैंगलोरमा शुरु हुने साफ च्याम्पियनसिपतर्फ नेपाल यसपटक ग्रुप अफ डेथ मानिएको समुह ए मा परेको छ । जसमा नेपालले आयोजक तथा साविक विजेता भारत, बलियो कुवेत र पाकिस्तानसँग खेल्ने कार्यक्रम छ । त्यस्तै समूह बी मा लेबनान, बंगलादेश, माल्दिभ्स र भुटान रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
नेपालको फाइनल स्क्वाडः
गोलकिपर्सः किरन चेम्जोङ, दिप कार्की, बिशाल श्रेष्ठ
डिफेन्डर्सः बिमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सिमान्त थापा
मिडफिल्डर्सः पुजन उपरकोटी, एरिक बिष्ट, नबिन लामा, मणि कुमार लामा, लाकेन लिम्बु, आवास लामिछाने
फरवार्डसः आयुष घलान, नवयुग श्रेष्ठ, दिपकराज सिंह ठकुरी, अन्जन बिष्ट, मनिष डाँगी, आशिष चौधरी, बिमल घर्ती मगर
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)