News फराकिलो जितका साथ च्यासल सेमिफाइनलमा
गोलनेपाल

मकवानपुर । फराकिलो जितका साथ च्यासल युथ क्लब जारी तेस्रो बागमती गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

फापरबारी, मकवानपुर स्थित जनता माविको खेलमैदानमा भएको पहिलो क्वाटरफाइनलमा च्यासलले आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिलाई ८–० को भारी अन्तरले हरायो ।

च्यासलको जितमा सुनिल बल र काजिम बुशारीले ह्याट्रिक गरे । त्यस्तै थप दुई गोल भने नितीन थापा मगर र पुर्ण बहादुर गुरुङले गरे । खेलमा ह्याट्रिकर्ता सुनिल बल म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत फागुन ६ गते मंगलबारको खेल न्यु डाँफे युवा क्लब र जावलाखेल युथ क्लबबीच हुने आयोजकले जनाएको छ । बागमती गाउँपालिका खेलकुद विकास समिति, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।

 

 

Post Comments