
बुटवल । दुव्र्यसन विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारी संकल्प समूह, रुपन्देहीको आयोजनामा यही असार ११ गतेका दिन संकल्प फुटसल कप हुने भएको छ ।
सैनामैना–३, मुर्गिया स्थित कृपा फुटसल एण्ड फिटनेसमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३ हजार तोकिएको छ ।
प्रतियोगितामा दुव्र्यसन मुक्त भई समाजमा सामान्य जीवन यापन गरिरहेका दुव्र्यसनमुक्त खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने आयोजक समूहका अध्यक्ष रितेश कुमार थापाले बताए । युवा पिंढीलाई गलत बाटोमा लाग्नबाट जोगाउन र खेलकुदको माध्यमबाट आत्मियता र भाईचारा कायम गर्न फुटसल प्रतियोगिता आयोजना गरिएको संकल्प समूहका अध्यक्ष रितेश कुमार थापाले बताए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष थापाले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए ।