झापा । दावेदार मध्ये एक त्रिभुवन आर्मी क्लब कठिन जितका साथ जारी तेस्रो सताक्षी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
झिलझिले स्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रङ्गशालामा भएको तेस्रो क्वाटरफाइनल भिडन्तमा आर्मीले दार्जीलिङको मानेभञ्ज्याङ एफसीविरुद्ध २–१ को कठिन जित निकाल्यो ।
आर्मीको जितमा दुवै गोल टेकबहादुर बुढाथोकीको नाममा रह्यो । आर्मीका लागि खेल शुरु भएको छैटौं मिनटमै बुढाथोकीले पहिलो गोल गरेका थिए । यद्यपि आर्मीको त्यो अग्रता पहिलो हाफसम्म मात्र रह्यो ।
उता मानेभञ्ज्याङका लागि ४७औँ मिनेटमा रैकेत बुअमले प्रहार गरेको उत्कृष्ट फ्रिकिक गोलमा परिणत भएको थियो । उनको प्रहारले सिधै जाली चुमेपछि आर्मीले बाँकी समय लय गुमाएको थियो । यद्यपि खेलको अन्तिमतिर टेक बुढाथोकीको दोस्रो गोल नै निर्णायक बन्दा आर्मी सेमिफाइनलमा पुग्न सफल भयो ।
खेलको म्यान अफ द आर्मीका सेसेहाङ आङ्दाम्बे घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिता अन्तरगत फागुन ७ गते बुधबारको अन्तिम क्वाटरफाइनल लिग च्याम्पियन मच्छिन्द्र एफसी र गोर्खा ब्वाईज क्लब, रुपन्देहीबीच हुनेछ ।
सतासीधाम स्पोर्टिङ क्लबल आयोजना गरेको प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा