
मकवानपुर । सहज जितका साथ हिमालयन शेर्पा क्लब तेस्रो बागमती गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा शेर्पाले दश खेलाडीमा सिमित साविक विजेता सरस्वती युथ क्लबमाथि ४–० को जित निकाल्यो ।
फापरबारी स्थित जनता माविको खेलमैदानमा भएको खेलमा शेर्पाका लागि दशौं मिनटमा सुरज हमालले गोलको खाता खोलेका थिए । लगतै ३७औं मिनटमा हमालले नै शेर्पाको अग्रता दोब्बर पारे । पहिलो हाफसम्म शेर्पा २–० ले अगाडी रहन पनि सफल भयो ।
दोस्रो हाफतर्फ ४९औं मिनटमा कमल थापा मगरले शेर्पाका लागि तेस्रो गोल गरे । उता ६६औं मिनटमा बरसात गुरुङले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छोडेपछि सरस्वती दश खेलाडीमा सिमित हुन पुगेको थियो । जसको फाईदा शेर्पाले उठाउन सफल भयो । ७१औं मिनटमा भिषन गुरुङले शेर्पाका लागि चौथो गोल गर्दै टोलीको जित पक्का गरे ।
खेलमा शेर्पाका भिषन गुरुङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे । शेर्पाले अब सेमिफाइनलमा फागुन ९ गतेका दिन च्यासल युथ क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्तरगत फागुन ८ गते बिहीबारको अन्तिम क्वाटरफाइनल खेल बिरगंज युनाइटेड र संकटा क्लबबीच हुने आयोजकले जनाएको छ ।
बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि फागुन १२ गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा