
काठमाडौं । एसियाली क्लब फुटबको प्रतिष्ठित एएफसी कपको छनौट प्रतियोगिता खेल्ने तयारीमा रहेको मच्छिन्द्र फुटबल क्लबले त्यसका लागि अर्को सातादेखि आवश्यक तयारी शुरु गर्ने भएको छ ।
यो कुराको पुष्टी क्लबका व्यवस्थापक अनिल श्रेष्ठले गरेका छन । श्रेष्ठका अनुसार एएफसी कप तयारीका लागि क्लबका खेलाडी, अफिसियलहरुलाई जानकारी गराईसकिएको र तयारी अर्को सातादेखि गर्ने पनि उनले गोलनेपाललाई बताए ।
स्मरण रहोृस, मच्छिन्द्रले एएफसी कपको पहिलो चरणको छनौट खेलतर्फ भुटानको पारो फुटबल क्लबसँग खेल्ने तय भईसकेको छ । जुन खेल आउँदो अगस्त ८ तारीखका दिन काठमाडौंमा हुने बताइएको छ । यद्यपि खेलस्थलबारे भने टुंगो लागेको छैन । तर, सम्भवत खेल दशरथ रंगशाला मै हुने अनुमान गरिएको छ ।
पहिलो चरणको खेलमा जित हात पार्ने टोलीले दोस्रो चरणमा इण्डियन सुपर लिग जायण्ट मोहन बगानसँग प्रतिस्पर्धा गर्नेछ । जुन खेल अगस्त १६ तारीखका दिन हुनेछ ।
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट
- उज्वेकिस्तान पहिलोपटक फिफा विश्वकपका लागि छ्नौट
- एएफसी यु-२३ एसियन कप छनौटको समूह के मा नेपाल
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने