
हेटौडा । राष्ट्रव्यापी यु–१६ खेलाडी छनौट कार्यक्रम अन्तरगत मकवानपुर जिल्लाबाट पहिलो चरणको छनौट कार्यक्रममा २८ खेलाडीहरु छनौट भएका छन् । वन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा भएको पहिलो चरणको छनौट कार्यक्रमबाट छनौटमा परेका खेलाडीहरुले दोस्रो चरणतर्फ प्रदेशस्तरीय छनौट कार्यक्रममा सहभागि हुने प्रशिक्षक विजयलाल श्रेष्ठले बताए ।
पहिलो चरणको छनौट कार्यक्रममा उत्साहजनक बाल खेलाडीहरुको सहभागिता रहेको प्रशिक्षक श्रेष्ठले बताए । उनका अनुसार पहिलो चरणको छनौट कार्यक्रममा जिल्लाभरिबाट कुल १९२ खेलाडीहरुले सहभागिता जनाएका थिए ।
प्रदेशस्तरीय छनौट कार्यक्रम भने साउन ६ देखि १४ गतेसम्म हुने पनि प्रशिक्षक विजयलाल श्रेष्ठले जानकारी दिए ।
स्मरण रहोस, आगामी भदौ १५ देखि २५ गतेसम्म भुटानमा साफ यु–१६ च्याम्पियनसिप हुँदैछ । एन्फाले त्यसकै लागि देशव्यापी रुपमा खुला छनौट कार्यक्रम आयोजना गरेको हो ।
छनौटमा परेका खेलाडीहरुको नामावलीः
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा