
काठमाडौं । भारतमा यही अगस्त ३ तारीखदेखि शुरु हुन गईरहेको प्रतिष्ठित १३२औं डुरान्ड कप खेल्न त्रिभुवन आर्मी फुटबल क्लबको टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको छ । आर्मी टोली भारतीय सेनाको विशेष विमानमार्फत त्यसतर्फ प्रस्थान गरेको हो ।
प्रतियोगिताको समूह ई मा रहेको आर्मीले आफ्नो पहिलो खेल ९ अगस्तका दिन आई लिग क्लब दिल्ली एफसीसँग खेल्नेछ । त्यस्तै १४ अगस्तका दिन आर्मीले इण्डियन सुपर लिग (आइएसएल) क्लब चेन्नईन एफसीसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेलमा २२ अगस्तका दिन अर्को आइएसएल टोली हैदराबाद सिटी विरुद्ध भिड्ने छन् ।
प्रतियोगितामा नेपाल बाहेक भुटान र बंगलादेशको विभागीय टोलीले पनि सहभागिता जनाउँदैछ । प्रतियोगितामा सहभागि कुल २४ टोलीहरुलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष स्थान हासिल गर्ने टोली र उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् ।
प्रतियोगितामो समापन र फाइनल खेल ३ सेप्टेम्बरका दिन हुनेछ ।