News सृजना, ओमसतिया र डिएमसी (सेतो) को जित
सुरज राना मगर

तुल्सीपुर । रुपन्देहीमा जारी चौथो डिएमसी कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न भएका तीन खेलहरुमा सृजना यु–१७, ओमसतिया एफसी र आयोजक डिएमसी (सेतो) ले जित हात पारेका छन् ।

दिनको पहिलो खेलमा सृजनाले सैनिक एफसीलाई ५–३ को अन्तरले हरायो । खेलमा सृजनाका निक्की थापा प्लेयर अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा ओमसतियाले झरना स्पोर्टस क्लबमाथि ३–० को प्रभावशाली जित हात पार्यो । खेलमा ओमसतियाका जितेश गुरुङ प्लेयर अफ द म्याच बने ।

त्यस्तै तेस्रो तथा अन्तिम खेलमा डिएमसी (सेतो) ले समपूर्ण एफसीमाथि ६–० को फराकिलो जित हात पार्यो । खेलमा डिएमसीका लिजन गुरुङ प्लेयर अफ द म्याच बने ।

दुर्गा मन्दिर युवा क्लब (डिएमसी), तिलोत्तमा–९, तुल्सीपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने खेल संयोजक प्रबिन गुरुङले जानकारी दिए । फाइनल खेल कार्तिक १६ गतेका दिन हुनेछ ।

Post Comments