News
यु–१४ कप फुटसल हुने
काठमाडौं । स्टार फुटसल, सामाखुशी, पबित्रनगरको आयोजनामा आउँदो साउन ३२ गतेका दिन यु–१४ कप फुटसल प्रतियोगिता हुने भएको छ । साथै आउँदो साउन २७ गतेसम्म इच्छुक क्लबहरुका लागि टिमदर्ता खुला गरिएको छ । टिमदर्ता शुल्क २५०० तोकिएको पनि आयोजकले जानकारी दियो ।
प्रतियोगितामा सहभागिता जनाउने क्लबका खेलाडीहरुको जन्मदर्ता प्रमाणित हुने कागजपत्र अनिवार्य पेश गर्नुपर्ने पनि आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि