News
प्रथम त्रिवेणी कपको तयारी पूरा (खेलतालिकासहित)
दमक । त्रिवेणी युवा क्लब, दमक–३, झापाको आयोजनामा आउँदो साउन ३० गतेदेखि शुरु हुन गईरहेको प्रथम त्रिवेणी कप खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
साथै प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । ओम शान्ति चोकस्थित त्रिवेणी खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा इस्ट स्टार स्र्पोटिङ क्लब र आयोजकको टोली भिड्ने खेलतालिकामा उल्लेख छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने आगामी भदौ ७ गतेका दिन हुने पनि आयोजकले जनाएको छ ।
Post Comments
Related News
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक