News
युवा प्रशिक्षक बिष्णु गुरुङ पनि अष्ट्रेलिया प्रस्थान
काठमाडौं । छोटो समय मै राम्रो सफलता, अनुभव र अवसर हासिल गरेका युवा फुटबल प्रशिक्षक बिष्णु गुरुङ पनि अष्ट्रेलिया प्रस्थान गरेका छन् । एएफसी ए लाईसेन्स प्रशिक्षक गुरुङ मंगलबार अष्ट्रेलियातर्फ प्रस्थान गरेका हुन् ।
केही महिना अघि मात्र मनाङ मस्र्याङ्दी क्लबको प्रशिक्षकमा नियुक्त भएका गुरुङले त्यसअघि संकटा क्लबको मुख्य प्रशिक्षक, राष्ट्रिय टोलीको सहायक प्रशिक्षक, एफसी खुमलटारको प्राविधिक निर्देशक जस्ता भूमिकामा रहेर पनि काम गरे ।
घरेलु फुटबलमा खेलाडीका रुपमा पनि राम्रो पहिचान बनाएका गुरुङको अष्ट्रेलिया उडानबारे विस्तृत रुपमा भने खुलाइएको छैन । यद्यपि निकट स्रोतका अनुसार उनले त्यहाँ प्रो लाइसेन्स कोर्ष गर्ने पनि बताइएको छ ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”