News
थाइ लिगमा मनिषको आधिकारिक डेब्यु र सुखद शुरुवात
काठमाडौं । थाइल्याण्डको दोस्रो डिभिजनको टोली रायोङ फुटबल क्लबमा अनुबन्धित भएका नेपालका स्टार खेलाडी मनिष डाँगीले थाई लिग टु मा क्लबका लागि शनिबार आधिकारिक डेब्यु गरेका छन् ।
क्लबका लागि शुरुवाती रोजाई मै रहेर खेलेका मनिषले लिगको पहिलो खेल मै सुसुद शुरुवात गर्न पनि सफल भएका छन् । लिगको पहिलो खेल अन्तरगत रायोङले शनिबार लमपङ फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हरायो ।
रायोङको जितमा म्यानमारका मिडफिल्डर लिन मोइ अङले पहिलो हाफको अतिरिक्त समयमा गरेको एक मात्र गोल टोलीलाई शुरुवाती जित र तीन अंक दिलाउन निर्णायक बन्यो । रायोङले आफ्नो आगामी खेल १९ अगस्त शनिबारका दिन क्रबी फुटबल क्लबसँग खेल्नेछ ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने