काठमाडौं । इण्डोनेसियन सुपर लिग (लिगा वान) मा पेर्सिक केदिरीले सिजनको तेस्रो जित हात पार्दा स्टार मिडफिल्डर रोहित चन्दले पनि टोलीका लागि महत्वपूर्ण गोल गरेका छन् । शनिबार भएको सिजनको आठौं खेलमा तेस्रो जित हात पार्ने क्रममा पेर्सिकले पेर्सिस सोलोलाई शून्यका विरुद्ध २ गोलले हरायो ।
पेर्सिकको घरेलु मैदान ब्रविजया स्टेडियममा भएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भए । पेर्सिकका लागि ५०औं मिनटमा रोहितले पहिलो गोल गरे भने ८८औं मिनटमा फ्लाभियो सिल्वाले पेनाल्टीबाट दोस्रो गोल गर्दै घरेलु टोलीको जित पक्का गरे ।
यो जितपछि ८ खेलबाट ११ अंक जोडेको पेर्सिक लिगतालिकाको आठौं स्थानमा पुगेको छ । पराजित पेर्सिस भने ९ अंकका साथ १३औं स्थानमा छ । शिर्ष स्थानमा भने १४ अंकका साथ बाली युनाइटेड रहेको छ ।
पेर्सिकले आफ्नो आगामी खेल १९ अगस्त शनिबारका दिन बारिटो पुतेरासँग खेल्ने कार्यक्रम छ ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने