फुङलिङ । रेड हर्ष फुटबल क्लब, इलाम यहाँ जारी ताप्लेजुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको दोस्रो सेमिफाइनलमा रेड हर्षले रेड स्टार फुटबल क्लब, झापालाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो ।
श्री भानु जन माविको खेल मैदानमा निर्धारित समयको खेल रोमाञ्चक १–१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिनुपरेको थियो । निर्धारित समयतपर्ः रेड हर्षका लागि खेलको १५औं मिनटमा आशिष राईले शुरुवाती गोल गरे तापनि दोस्रो हाफको ३७औं मिनटमा अब्दुलले रेड स्टारका लागि बराबरी गोल फर्काएका थिए ।
टाईब्रेकरमा भने रेड हर्षले रेड स्टारमाथि ५–४ को जित निकाल्दै फाइनल स्थान तय गर्न सफल भयो । खेलमा रेड हर्षका गोलरक्षक विवेक मगर म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र मेडल हात पारे ।
प्रतियोगिता अन्तरगत भदौ २० गते बुधबार रेड हर्ष फुटबल क्लब र जुट विकास फुटबल एकेडेमी उपाधिका लागि भिड्ने छन् । लाखेजात्रा संचालन समिति, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछ ।

- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई