फुङलिङ । बुधबार मात्रै सम्पन्न भएको ताप्लेजुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलको टिकट बिक्रीबाट मात्रै ७ लाख ५५ हजार रुपैयाँ रकम संकलन भएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार फाइनल खेल हेर्न मात्रै २०० रुपैयाँको टिकट ३,७७५ थान बिक्री भएको आयोजकले जानकारी दियो । जसबाट उक्त रकम संकलन भएको हो । त्यसो त प्रतियोगिताभरि टिकट बिक्रीबाटै १८ लाख ७६ हजार ७ सय रुपैयाँको टिकत बिक्री भएको आयोजक समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले बताए ।
फुङलिङ स्थित श्री भानु जन माविको खेलमैदानमा बुधबार सम्पन्न फाइनल खेलमा रेड हर्ष फुटबल क्लबले जुट विकास फुटबल एकेडेमीलाई १–० ले हराउँदै ताप्लेजुङ गोल्डकपको उपाधि जितेको थियो । लाखेजात्रा संचालन समिति, ताप्लेजुङको आयोजनामा गत भदौ १४ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई