
लेखनाथ । वेगनास तालकिनारमा जारी दोश्रो सेभेन ए साईड वेगनास कपको फाइनलमा हिमाल एन्ड रक्ष मेमोरियल र शिशुवा एफसि भिड्ने भएका छन् ।
शिशुवा एफसिले टाईब्रेकरमा राईजिङ स्टार युथ क्लवलाई शुन्यका विरुद्ध १ गोलले हराउदै फाईनल प्रवेश गर्यो । यसअघि निर्धारित समयको खेल एक एक को बराबरीमा टुंगिएपछि खेल टाईब्रेकरमा पुगेको थियो ।
शुक्रबार नै सम्पन्न अर्को सेमिफाइनल खेलमा हिमाल एन्ड रक्ष मेमोरियलले आयोजक वेगनास रेडलाई एकका विरुद्ध ३ गोलले हराउँदै फाइनल स्थान पक्का गर्यो ।
प्रतियोगिताको विजेताले रु १ लाख ५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले रु ५५ हजार ५ सय पचपन्न सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । प्रतियोगिताको फाइनल खेल शनिबार नै हुँदैछ ।
समापनको दिन छेलो प्रतियोगिता हुने
शनिबार वेगनास कपको फाईनलसंगै छेलो प्रतियोगिता समेत हुने आयोजकले जानकारी दिएको छ । नगद रु २० हजार पुरस्कार राशी रहेको प्रतियोगितामा १५ पाउण्डको छेलोलाई सबैभन्दा टाढा फाल्ने प्रतियोगि नै बिजयी हुने छेलो संयोजक चित्र गुरुङले जानकारी दिए ।
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने