News
तेस्रो रोयल कप फुटसल हुने
काठमाडौं । रोयल एफसी (जिफोर) को आयोजनामा आउँदो असोज ५ र ६ गतेका दिन तेस्रो रोयल कप फुटसल प्रतियोगिता हुने भएको छ । जिफोर फुटसलमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि असोज ४ गतेसम्म टिमदर्ता खुला गरिएको छ ।
टिमदर्ता शुल्क भने ८५०० तोकिएको छ । साथै डिफोजिट वापत १५०० बुझाउनु पर्ने पनि आयोजकले जनाएको छ । प्रतियोगिताको खेलतालिका पनि असोज ४ गते नै प्रकाशित गरिने आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि