News
कालिदह चुलाचुली कपको सेमिफाइनलमा

दमक । रोमाञ्चक जितका साथ कालिदह फुटबल क्लब यहाँ जारी दोस्रो चुलाचुली कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा भएको पहिलो क्वाटरफाइनलमा कालिदहले तालतलैया फुटबल क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
कालिदहको जितमा दुवै गोल कप्तान पारस लिम्बुले गरे । उता पराजित तालतलैयाका लागि पेमा तामाङले एक मात्र गोल फर्काएका थिए । खेलमा कालिदहका कप्तान पारस लिम्बु नै खेलको म्यान अफ द म्याच चुनिए ।
चुलाचुली फुटबल क्लब, दमक–३, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । फाइनल खेल असोज २ गतेका दिन हुनेछ ।
Post Comments