News
कालिदह चुलाचुली कपको सेमिफाइनलमा
दमक । रोमाञ्चक जितका साथ कालिदह फुटबल क्लब यहाँ जारी दोस्रो चुलाचुली कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा भएको पहिलो क्वाटरफाइनलमा कालिदहले तालतलैया फुटबल क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
कालिदहको जितमा दुवै गोल कप्तान पारस लिम्बुले गरे । उता पराजित तालतलैयाका लागि पेमा तामाङले एक मात्र गोल फर्काएका थिए । खेलमा कालिदहका कप्तान पारस लिम्बु नै खेलको म्यान अफ द म्याच चुनिए ।
चुलाचुली फुटबल क्लब, दमक–३, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । फाइनल खेल असोज २ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा